दाङ -नेकपा माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीलाई अन्तरघातको बात लागेपछि पदबाट राजीनामा दिनु भएको छ । केसीले मुख्यमन्त्री लीला गिरीलाई भेटेर आज राजिनामा बुझाउनुभयो ।
माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि केसीमाथि पार्टीले छानबिन गरेको थियो ।
प्रदेश कमिटीको छानविनमा केसीलाई काँग्रेसलाई भोट हालेको पुष्टी भएपछि पदबाट राजिनामा दिन निर्देशन दिइएको हो । राजिनमा नआएको भए पार्टीको आग्रह्मा मुख्यमन्त्री गीरीले मन्त्री केसीलाई बर्खास्त गर्ने तयारी गर्नु भएको थियो ।
माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै सम्पर्क बाहिर हुनुहुन्छ । केसी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।