काठमाडौै । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले प्रधानमन्त्री बालेन्द्र साह नै हुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले रास्वपाले यसअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएकाले दायाँ बायाँ गर्ने छुट नभएको बताएका हुन् ।
उनले रास्वपाका कुनै पनि नेताले दायाँ बायाँ कुरा गर्ने छुट नभएको स्पष्ट पारे । ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । अनि, पनि, कमा, फुल स्टप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । यो चाहिने नचाहिने भन्ने छुट छैन ।’


