कावासोती – डेढ दशक अघि स्थापना भएको मध्यविन्दु क्याम्पसको भवन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज कावासोती आउदै हुनुहुन्छ । १६ बर्ष अगाडि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा स्थापना भएको मध्यविन्दु बहुमुखी क्याम्पसको प्रशानिक तथा पुस्तकालय भवन उद्घाटन गर्न पूर्वप्रधानमन्त्री ओली आउन लागेको क्याम्पसका संस्थापक सदस्य विद्रोही गिरीले जानकारी दिनुभयो ।
गुणस्तीय शिक्षाका स्थापना गरिएको यो क्याम्पस स्थापनाको १० बर्ष भित्रै क्यूएए प्राप्त गर्ने देशभरकै पहिलो क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए मान्यता प्राप्त यो क्याम्पसमा तीन हजार पाँच सय बिद्यार्थी अध्ययनरत छन् । पब्लिक क्याम्पसहरुमा छुट्टै पहिचान बनाएको यसमा बिभिन्न जिल्लाबाट बिद्यार्थी पढ्नका लागि आउने गर्दछन् ।
ब्यवस्थापन, बिज्ञान, शिक्षा र मानविक संकायका पठनपाठन यस क्याम्पसमा हुने गरेको छ । करिब रु तीन करोडको लागतमा निर्माण भएको चारतले भवनको भुइ तलामा चमेना गृह , पहिलो तलामा प्रशासनिक इकाइ, दोस्रोमा पुस्तकालय र तेस्रोमा अडिटरिम हल रहेको क्याम्पसमा सहायक क्याम्पस प्रमुख डा. बिष्णुप्रसाल लम्सालले जानकारी दिनुभयो ।
भवनको उद्घाटनका अवसरमा बिद्यार्थीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकरण हुने क्याम्पसका प्रमुख मुक्तिराम पाण्डेले बताउनुभयो ।
नवलपुरको कार्यक्रम सकेर अध्यक्ष ओली आज पोखरामा आयोजना गरिएको मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरातर्फ जानेहुनु भएको छ । दिउसो १ बजे न्यू एरा पार्टी प्यालेसमा हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष ओली आज पोखरामै बस्नुहुनेछ । भोली पोखरामा आयोजना हुने बृहत्त पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौ फकिर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।