विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताउनु भएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।एमालेले उठाएको राष्ट्रपतिलाई माओवादी केन्द्रले भोट हाल्दैन भन्ने परिकल्पना समेत गर्न नसकिने बताउनुभयो ।
अहिलेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनलाई लिएर फेरबदल नहुने प्रस्ट पार्नु हुँदै ओलीले सहमतिमै राष्ट्रपतिको निर्वाचन हुने दाबी गर्नुभयो ।
फरक प्रसंगमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको आरोप लगाउँदै २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्नुभयो । अहिलेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनलाई लिएर फेरबदल नहुने प्रस्ट पार्नु हुँदै ओलीले सहमतिमै राष्ट्रपतिको निर्वाचन हुने दाबी गर्नुभयो ।