८ मंसिर २०८१, शनिबार 1732350800
Banner

भोलि एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।

उनकाअनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ।