८ मंसिर २०८१, शनिबार 1732385130
Banner

प्रधानमन्त्री दाहाल फागुन १९ गते दोहा जानुहुने, यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचाँै सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उहाँ संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुनुहुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो । 

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुनेछ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही फागुन १९ गते कतारको दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले सो सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली राजदूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने मन्त्रालयले जनाएको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन दोहामा हुँदै छ । सम्माननीय प्रधानमन्त्रीज्यूचाँहि मार्चको ३ तारिखमा काठमाडौंबाट प्रस्थान गरेर दोहाबाट ६ तारिखमा फर्कने गरी कार्यक्रम तय गरिएको छ । त्यो सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेताको हिसाबले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्ने तय भएको कार्यक्रमहरू यूएनले नै बनाएका केही कार्यक्रमहरू छन् । त्यो प्रोग्राममा प्रोटोकलअनुसारको सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता हामीले सुनिश्चित गरेका छौँ,” प्रवक्ता लम्सालले भन्नुभयो, “केहीचाँहि द्विपक्षीय छलफलहरू पनि हुनेछन् । साइड इभेन्टहरू पनि धेरै छन् । त्यसमा पनि भाग लिन्छौं । र, नेपाली कम्युनिटीसँग पनि एउटा प्रोग्राम गर्ने कार्यक्रम अहिलेसम्मको हिसाबले तय भएको छ । यी सबै कुरा पछि हाम्रो प्रेस रिलिजमा पनि आउनेछ । त्यहाँको नेपाली दूतावासमा पनि एउटा कार्यक्रम हुने तय भएको छ ।”

चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनेछन् । प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन् ।