९ मंसिर २०८१, आइतबार 1732433714
Banner

प्रचण्डजीले हातमा चक्कु लिएर फूल भनेर झुक्याउन खोज्नुभयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाउनु भएको छ ।

आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’

प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’

‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाई‌ले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भन्नुभयो, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’

हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि १ म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।

प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि । म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’

अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’
पुस १० गते एमालेसँग सहमति गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा आठ दलीय छुट्टै गठबन्धन बनाएका छन्।

उहाँले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गर्नुभयो। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान सुरु गरेको अध्यक्ष ओलीको आरोप थियो।

जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भए पनि देशलाई दुखेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई दुख्ला, कसैलाई नदुख्ला, तर नेपाललाई दुख्छ। नेपाल राष्ट्रलाई दुख्छ। त्यसको घाउ अहिलेसम्म छ। त्यसको प्रमुख अहिले देशको कार्यकारी प्रमुख छन्। प्रधानमन्त्री भएको तीन पटक भयो। सरकारमा गएको त कति भयो कतिरु कहिले कसैसँग मिलेर कहिले कसैसँग मिलेर।’

पुस १० गते एमालेसँग सहमति गरेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा आठ दलीय छुट्टै गठबन्धन बनाएका छन्।