मोरङ । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७ सय १० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराउनुभएको हो ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल वडा ५ अध्यक्ष महानन्द मण्डल पनि हुनुहुन्छ । । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित हुनुहुन्थ्याे । वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएकाे छ । मेयर दिलिप कुमार अग्रवाल देशैभरमा माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख हुनुहुन्थ्यो ।