८ मंसिर २०८१, शनिबार 1732399978
अर्थ

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कमलविनायक–नगरकोट सडकको अनुगमन, समयमै काम सक्न निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन तथा निरीक्षण गर्नु भएको छ। 

अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको गुनासो सुन्दै जनतालाई दुख नदिईकन ठेकेदारले पुराना कमजोरीबाट पाठ सिक्दै समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । यदि ठेकदारले समयमा काम सम्पन्न नगरे ठेकेदार परिवर्तन गरेरै भएपनि समयमै काम सम्पन्न गर्ने बताउनुभयो । 

अनुगमनमा मन्त्रीसहित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली सहभागी हुनुहुन्थ्यो ।

समयमै काम सम्पन्न नभएको र जनताले धेरै नै दुःख पाएको भन्ने गुनासो आएपछि उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न स्थानका आयोजनाहरूको अनुगमन गरिरहनुभएको छ । त्यस्तै उहाँको निर्देशन पछि काठमाडौँका खाल्डाखुल्डीहरू पुरिएका थिए ।