काठमाडौं । राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरामा रहेको रास्वपाको कार्यालयमा पुगेका हुन् ।
उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए ।
राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले नेम्वाङको पक्षमा मत मागेका थिए ।