९ मंसिर २०८१, आइतबार 1732433358
Banner

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताउनुभएको छ ।

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताउनुभयो । “एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ”, उहाँले भन्नुभयो, “हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पु¥याउनुपर्दछ ।” उहाँले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताउनुभयो । “पार्टीले भेद्भाव गर्दैन । भेद्भाव आफूले आफैँलाई नगराँै”, उहाँले थप्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसङ्गठन पेसागत महासङ्घ नेपालमा समाहित हुनुभएको थियो ।