काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छ्तबाट खसेर निधन भएको छ ।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिनुभयो ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्त अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
उहाँ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुन्।
घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएकाे छ ।