२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:56 pm
Banner

नयाँ सरकारी निवासमा सरे प्रधानमन्त्री प्रचण्ड

सूचना प्रेस २०७९ चैत्र ६ सोमबार ००:००, १४:०० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारको नवनिर्मित भवनमा सर्नुभएको छ । चैतको १ गते प्रधानमन्त्री दाहाल नयाँ निवासमा सर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिम्सिनाले सूचनाप्रेसलाई बताउनुभयो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १३ गते बालुवाटारमा प्रधानमन्त्री निवासका लागि नयाँभवन शिलान्यास गर्नुभएको थियो। निमार्ण सम्पन्न भएपछि पहिलो प्रधानमन्त्रीका रुपमा उक्त भवनमा प्रधानमन्त्री प्रचण्ड प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्रीको नयाँ सरकारी निवास दुई खण्डमा निमार्ण भएको छ । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त पारिवारिक प्रयोगमा आउने छ भने अर्को खण्डमा सचिवालय, भेटघाट, मन्त्रिपरिषद बैठकसमेत आयोजना हुन सक्ने गरी आधुनिक कक्ष निर्माण गरिएको छ ।

करिब ४० करोड लागतमा प्रधनमन्त्री निवास निर्माण सम्पन्न भएको हो ।