काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले म्युजिक भिडियो बनाउने गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने बताउनुभएको छ ।
एक रेडियो अन्तरवार्तामा नेता रायमाझीले भन्नुभयो, “प्रकाश सपुतले तयार पारेको सांगीतिक कथाले एकदमै सही कुरा बोलेको छ । जनयुद्धले ठूलो परिवर्तन र जागरण ल्यायो । तर जनयुद्धका नायक बनेका घाइते, अपांग, सहिद परिवारको व्यवस्थापन नगर्दा माओवादी विसर्जनको स्थितिमा पुगेको छ । हामीले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ भन्दा लोभीपापी झुन्डले बेवास्ता गर्यो । अब एउटा भिडियोको लोभीपापीले विरोध गर्नुको कुनै अर्थ छैन । धम्की दिनेभन्दा पनि धन्यवाद दिनुपर्यो ।”