९ मंसिर २०८१, आइतबार 1732498158
Banner

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो ।

प्रतिनिधिसभामा मतविभाजन गर्दा पक्षमा १७२ मत पर्यो । विपक्षमा ८९ मत परेको छ । तटस्थमा एक मत पर्यो । आजको प्रतिनिधिसभा बैठकमा २६२ सांसद सहभागी थिए ।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले साथ दिएका थिए ।

प्रधानमन्त्रीको विपक्षमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी उभिएका थिए ।