९ मंसिर २०८१, आइतबार 1732441953
Banner

बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय

बागमति । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा एमाले बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको बताउनुभयो । बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन् ।

चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए ।

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो ।

नेपाली कांग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो ।