१० मंसिर २०८१, सोमबार 1732562088
Banner

बालाजु बाइसधारा मेलामा भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ।

बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरू यहाँ पुगेका छन्।

यसदिन मन्नादेवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाइधुवाइ गरेमा फलिफाप हुने जनविश्वास छ। मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गरेका थिए। पछि अर्का मल्ल राजा जयस्थिती मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका थिए।