काठमाडौं । इरानले आइतबार बिहान इजरायलमा चार वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले आज बिहान इजरायली शहर डिमोना र अरादमा आक्रमण गरेको हो ।
टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा ३०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली विदेश मन्त्रालय र स्वास्थ्य सेवाका अनुसार घाइते हुनेहरूमा बालबालिका पनि रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले आक्रमण तीव्र पारेको हो । ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जालमा इरानलाई धम्की दिँदै लेखेका छन्– यदि ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खोलिएन भने अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गर्नेछ ।
यता, इरानले आफ्नो पावर प्लान्टलाई लक्षित गरेमा मध्यपूर्वमा अमेरिका र इजरायलसँग जोडिएका सबै ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ ।


