१० मंसिर २०८१, सोमबार 1732521346
Banner

४ जना एआईजीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीको एआईजीमा बढुवा भएका ४ जनालाई सरकारले पदस्थापन गरेको छ ।

मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।