२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:54 pm
समाचार

जबरजस्ती करणीको अभियोगमा एक जना पुरुष पक्राउ

सूचना प्रेस २०८३ बैशाख २२ मंगलबार ००:००, १४:५० बजे १ मिनेट पढाइ

तनहुँ : एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई नियन्त्रणमा लिएको हो।

शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पीडितको तर्फबाट परेको उजुरी लगत्तै प्रहरी चौकी रूपाकोटबाट खटिएको विशेष टोलीले सक्रियता बढाएर आरोपी सार्कीलाई सोमबार दिउँसो पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।