१० मंसिर २०८१, सोमबार 1732537088
Banner

सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको सहमति छैन: अध्यक्ष केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताउनुभएको छ। 

सरकारको न्युनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा आफ्नो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको भन्दै सहमति र हस्ताक्षर नभएको बताउनुभयो। 

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरुलाई सजायको दायरामा ल्याउन संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध लगातार लामो समयदेखि संघर्ष गर्दै आएको बताउनुभयो । 

‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ। पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ। अहिले पनि हाम्रो त्यो नीति कायम नै छ’, जारी विज्ञप्तिमा भनिएको छ।