८ मंसिर २०८१, शनिबार 1732407637
खेलकुद

वुमेन्स ओलम्पिक छनोटका लागि नेपाल र भियतनामबीच दोस्रो खेल

काठमाडौं । अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ।

समूह सीमा २ टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा २ खेल खेल्ने लागेका हुन्।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५—१ ले पराजित भएको थियो ।

२ खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ। नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा ४ गोल अन्तरले हराउनुपर्नेछ । तर विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन।

पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पाँच गोल खाएको थियो। नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन्। पहिलो चरणको छनोटबाट सात समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्।

एसियाबाट पेरिस ओलम्पकिमा २ टिममात्र छनोट हुनेछन्।