१० मंसिर २०८१, सोमबार 1732538352
Banner

सभामुख निवासमा ३ दलको बैठक सुरु

काठमाडौं। सभामुख निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेपनि बैठकमा सहभागी रहेका छन्।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ।

सभामुख देवराज घिमिरेको सक्रियतामा दलहरुबीच छलफल सुरु भएको हो।

संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा सभामुखले दलहरूबीच छलफल हुनुपर्ने भन्दै यसअघि पनि नेताहरुलाई छलफलमा डाँकेका थिए।

हिजोको कार्व्यवस्था परामर्श समिति बैठकमा आज साँझसम्म संसदीय समितिका सदस्यका नाम दिने दलहरूबीच सहमति भएको थियो।