काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ। मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ। आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले बताए।
अहिले मिनी संसदको रुपमा रहेका संसदीय समिति बनिसकेका छैनन् । त्यसका लागि तयारी भइरहेको छ।