८ मंसिर २०८१, शनिबार 1732349338
राजनीति

सरकार विस्तारबारे छलफल गर्न सुदूपश्चिममा माओवादीले बनायो वार्ता टोली

काठमाडौं । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकार विस्तारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

प्रदेशसभा सदस्य ओमबिक्रम भाट ‘सरल’ले भट्टको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए । उनका अनुसार वार्ता टोलीमा प्रदेशसभा सदस्य मानबहादुर धामी, गीता माल, रमेश धामी र शिवसिंह ओली सदस्य रहेका छन्।

यस्तै अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिन संसदीय दलका नेता भट्टकै संयोजकत्वमा अर्को टोली पनि गठन गरिएको छ। उक्त टोलीमा प्रदेशसभा सदस्य ओमबिक्रम भाट, जानकी देवी कुँवर, लक्ष्मी बिक सदस्य रहेका छन्।