२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:41 am
Banner

हर्क साम्पाङले आज पनि प्लेकार्ड देखाएर गरे विरोध

सूचना प्रेस २०८३ जेष्ठ ७ बिहिबार ००:००, ११:५८ बजे १ मिनेट पढाइ

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका छन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।