काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।
यससँगै ढाकाले सांसद पद पनि गुमाउनु भएको छ । उहाँको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।
डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।