१० मंसिर २०८१, सोमबार 1732534269
Banner

ढाकाकुमारले रविसँग भने, आफू डुबेँ पार्टी पनि डुबाइदिन्छु, कोर टीमका बारेमा पनि बोल्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाराम श्रेष्ठले आफू डुबेमा कोर टिमबारे खुलाउने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने,उहाँले मेरो अडियो होइन भन्नुभयो । मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो । तर, म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको छ । उहाँले कुन मानसिकताले भन्नुभएको हो त्यसबारे आफुलाई जानकारी नभएको रविको भनाइ थियो ।

सभापति लामिछानेले ढाकाले गरेको रकम वार्गेनिङ प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने बताए। रविले भने, ‘ढाकाजीले दुर्गा प्रसाईंसँग रकम मागेको कुरा पुष्टि भयो। उहाँलाई पार्टी साधारण सदस्य र सांसद पदबाट हटाउने निर्णय भएको छ । अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँदैछौँ।’