काठमाडौं – अखिल नेपाल किसान महासंघको अध्यक्षमा डा. प्रेम दंगाल पुनः चयन हुनुभएको हो। यही चैत ३० गतेबाट झापामा सुरु भएको महासंघको सातौं महासम्मेलनबाट दंगाल पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

महासंघको अध्यक्षमा निर्वाचित हुनुअगावै चैत २९ गते सम्पन्नदक्षिण एसियाली किसान सम्मेलनबाट दंगाले दक्षिण एसियाकै अध्यक्षमा चयन हुनुभएको छ । महासम्मेलनले उपाध्यक्षमा खडकबहादुर खडका, रामशरण आलेमगर, सूर्यबहादुर शाही, बनुप्रसाद शिवाकोटी र राजकुमार उप्रेतीलाई चयन गरेको छ ।
यस्तै महासचिवमा बाबुराम थापा, उपमहासचिवमा सरिता भुसाल र प्रेमनारायण अधिकारीलाई चयन गरेको छ । यस्तै सचिवमा कोशी प्रदेशबाट बिश्वनाथ बराल, मधेश प्रदेशबाट उमेशप्रसाद गुप्ता, बागमतिबाट कृष्ण अधिकारी, गण्डकीबाट बेगप्रसाद गर्बुजा, लुम्बिनीबाट आरती पौडेल, कर्णालीबाट टेकबहादुर बोगटी र र सुदुरपश्चिम प्रदेशबाट ताराकुमारी कार्की (खाती) चयन हुनुभएको छ ।


