काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले आज पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।
उनको शपथ दिउँसो ३ बजेका लागि तय भएको बालुवाटार स्रोतले बताएको छ ।