९ मंसिर २०८१, आइतबार 1732505350
Banner

रक्सौल-काठमाडौँ रेलमार्गको डीपीआर बोकेर भारत जाँदै प्रचण्ड

काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ भारत जनो तयारी गरेका छन् ।

रेलमार्गको डीपीआर वैशाख अन्तिम सातासम्म प्रधानमन्त्रीलाई बुझाइ सक्ने र उक्त डीपीआर बोकेर प्रचण्ड भारत भ्रमणमा जाने तयारी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आगामी २ हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने जनाएको छ । त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो।