काठमाडौं । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ ।
विश्वका १० प्रदूषित शहरमा काठमाडौं एक नम्बरमा परेको हाे । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ । जुन खतरनाक मानिन्छ ।
एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।
यस्तै दोस्रो नम्बरमा थाइल्यान्डको च्याङमा पर्दा तेस्रो नम्बरमा थाइल्यान्डकै बैंकक परेको छ । चौथो नम्बरमा भारतको कोलकाता र पाँचौ नम्बरमा बंगलादेशको ढाका छ । यस्तै छैटौँ नम्बरमा पाकिस्तानको लाहोर छ भने सातौँ स्थानमा भियतनामको हनोइ छ । आठौँ नम्बरमा मलेसियाको क्वालालम्पुर पर्दा नवौमा चीनको वुहान र दसौँ स्थानमा चीनकै सांघाई छ ।