९ मंसिर २०८१, आइतबार 1732451279
Banner

भोलि चितवनको राजमार्ग भएर चल्ने सम्पुर्ण सावर्जनिक यातायात बन्द हुने

चितवन- भोलि बैशाख १० गते हुने उपनिर्वाचनको लागि चितवनभरका राजमार्गहरु बन्द गर्ने निर्णय भएको छ । गृहमन्त्रालय र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम उपनिर्वाचनको दिन चितवनको राजमार्ग भएर चल्ने सम्पुर्ण सार्बजनिक यातायातहरु बन्द गर्ने जनाएको छ ।

उपनिर्वाचनको दिन बिहान ६ बजे देखी साँझ ६ बजेसम्म यातायाहरु बन्द रहनेछ । उक्त समयमा अत्यावश्यक एम्बुलेन्स, दमकल लगाएतका सवारी साधन चल्न दिईने छ । उपनिर्वाचनको दिन चितवनको राजमार्ग भएर यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।

निर्वाचनको दिन चितवनको सिमाना पृथ्बीराजमार्गको मोवा खोला पुर्ब पश्चिम राजमार्गको लोथर र नबलपरासीको गैडाकोटमा सवारी साधनहरुमा रोक लगाएको छ ।