काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।
केहीबेर अघि सर्वदलीय बैठक बसेर दिउँसो साढे १ बजेबाट गणना सुरु गर्ने तयारी भएको थियो । तर, तोकिएको समयभन्दा लगभग आधा घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।
यहाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, गठबन्धनको सहयोगमा कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चुनावी मैदानमा छन् ।