७ जेष्ठ २०८३, बिहिबार 1779413511
Banner

एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले गुमायो लगातार तीन विकेट

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्ध खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले कुशल मल्ललाई गुमाएको हो। अर्धशतकीय पारी खेलेका मल्ल ४४ बलमा ५७ रन बनाएर आउट भए। उनले ४ छक्का र ४ चौका हिर्काए।

कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए।

वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा छोट्याइएको छ।