काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । उपचारका लागि भारत जानुभएका राष्ट्रपति पौडेल आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किनुभएको हो ।
उहाँको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गरिएको थियो ।
राष्ट्रपति पौडेल वैशाख ६ गते भारत जानुभएको थियो ।