८ मंसिर २०८१, शनिबार 1732383095
Banner

नेपाललाई तेस्रो सफलता करणले लिए २ विकेट

काठमाडौं । तीव्र गतिका बलर करण केसीले २ विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका करणले आठौँ ओभरको पहिलो बलमै आर्यन लाक्रालाई आसिफ शेखबाट क्याच आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए। लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका करणले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए। उनले भृत्यलाई आसिफ शेखबाटै क्याच आउट गरेका हुन्।

जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए।
यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए। ८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे।

यो समाचार लेखिसक्दा यूएईले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३५ रन जोडको छ। क्रिजम रमिज शहजाद र आसिफ खान छन्।