९ मंसिर २०८१, आइतबार 1732465530
Banner

मिटरब्याजीका समस्या समाधान गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजीका समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मिटरब्याजीसँग सम्बन्धित समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताइन् ।

प्रवक्ता शर्माले बुधबार पनि मन्त्रीपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिइन् ।