७ जेष्ठ २०८३, बिहिबार 1779379420
समाचार

पहाडी भूभागमा आजपनि वर्ष हुने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागका १–२ स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ।