२७ भदौ २०८३, शनिबार 1789272939
समाचार

मातातीर्थमा चट्याङ लागेर राजु तामाङको मृत्यु

काठमाडौं। काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवानपुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौं ले जानकारी दिएको छ ।

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए। तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।