८ मंसिर २०८१, शनिबार 1732348140
राजनीति

गृहमन्त्रीको प्रशंसा गर्दै थापाले लेख्छन्, ‘नक्कली भुटानी शरणार्थी काण्डमा कोही नछुटुन’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

थापाले गृह मन्त्रालयको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन्।

‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन’ थापा लेखेका छन्, ‘संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन्।