८ मंसिर २०८१, शनिबार 1732391210
Banner

संसद्मा प्रधानमन्त्रीले प्रश्न–उत्तर गर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न–उत्तर गर्ने समझदारी भएको हो।

कानुन मन्त्री धनराज गुरूङसँग र मुख्य सचेतकहरूसँग छलफल गरी मिति तय गर्न लागेको हो।

यस्तै कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन आएको दिनबाहेक अरू दिन संसदमा उपस्थित नभएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यू विश्वासको मत दिने दिन बाहेक अरू दिन आउनुभएको छैन,’ उनले भने।

यसक्रममा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। सांसदहरू सरकार बनाउनमा भुलेको पनि उनले बताए।

‘सरकार बनाउने थलो जस्तो मात्रै भयो। संसद प्रभावकारी बनाउनुपर्‍यो। सरकारले संसदमा उठेका विषयमा जवाफ दिनुपर्‍यो,’ उनले भने। आइतबार अपराह्न ४ बजेदेखि बजेट अधिवेशन सुरू हुँदैछ।