८ मंसिर २०८१, शनिबार 1732391054
Banner

सांसदले सदन ‘बंक’ गर्ने क्रम बढेपछि ईहाजिरी गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ईहाजिरी) सुरू गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।

सदनको महत्वपूर्ण छलफलमा समेत सांसदहरूको नगण्य उपस्थिति हुन्छ ।

बैठकमा सभामुखले भने, ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’