८ जेष्ठ २०८३, शुक्रबार 1779436943
Banner

हिमपहिरोमा परेकालाई हेलिकप्टर परिचालन गरी खोजी गरिदै

काठमाडौं । मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।

यार्सागुम्बा संकलन गर्न अनुमति खुला नगरिएपनि अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये ३ जना शुक्रबार हिमपहिरोमा परेका थिए।

त्यहाँबाट फर्केकाकहरुले प्रहरीलाई ढिला सूचना दिँदा खोजी र उद्दार चाँडो हुन नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए।

च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई दिएको सूचना अनुसार हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको छ भने ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता छन्।