१० मंसिर २०८१, सोमबार 1732579839
Banner

सभामुखले बोल्न समय नदिएपछि अर्धनग्न हुन बाध्य भएँ : अमरेशकुमार सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्धनग्न भएको बताएका छन्।

सांसद सिंहले आफूले पटकपटक सभामुखसँग समय मागेको तर समय नपाएको समेत बताए।

‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ’ उनले भने, ‘मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्धनस्त्र भएकै हो।’

अर्धनग्न भएर विरोधको परकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए। अर्धनग्न भएको कारण जस्तोसुकै सजाय दिए पनि आफू भोग्न तयार रहेको समेत उनले बताए।