१० मंसिर २०८१, सोमबार 1732540335
पालिका

काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालय सरयो आफ्नै सुविधा सम्पन्न भवनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ ।

शान्तिनगर गेटै छेउमा रहेको साढे तिन तले भवनबाट हिजोदेखि सेवा शुरु गरेको हो । तत्कालिन मेयर विद्या सुन्दर शाक्यको सक्रियतामा उक्त भवन निमार्ण कार्य शुभारम्भ भएको थियो । कार्य शुभारम्भ भएको साढे तिनबर्षपछि भवन निमार्ण कार्य सम्पन्न भएको वडा अध्यक्ष सरोज ढकालले बताउनुभयो ।

ततकालिन मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्रका प्रत्येक वडाको आफनै वडा भवन हुनुपर्छ भन्ने मान्यताका आधारमा ३१ नम्बर वडा सुविधा सम्पन्न भवनमा सर्न सफल भएको ढकालले बताउनुभयो ।

करिब २१ आना क्षेत्रफलमा निमार्ण भएको उक्त भवनमा वडा अध्यक्षको कार्यकक्ष, वडा सदस्यको कार्यकक्ष, राजस्व शाखा, दर्ता चलानी शाखा, परिचयपत्र, नागरिकता दिने सेवा लगायतका कार्यकक्ष सञ्चालनमा रहेका छन ।

करिब ५ करोड लागतमा निमार्ण कार्य सकिएको भवनमा १३ वटा कोठा रहेका छन । यसअघि वडाले भिमसेनगोलामा रहेको पुरानो वडा भवनबाट कार्य सञ्चालन गदै आईरहेको थियो ।