२७ भदौ २०८३, शनिबार 1789275367
Banner

ढाकाकुमार श्रेष्ठलमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदबाट पदमुक्त गरेको ढाकाकुमार श्रेष्ठलमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेश गर्न पनि अदालतले भनेको छ।

मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।