१० मंसिर २०८१, सोमबार 1732519037
राजनीति

आर्थिक मन्दिका कारण बढदै गएको आत्मदाहको घटनालाई सरकारले रोक्ने प्रयास गर्न सक्नुपर्दछ : वीरेन्द्र महतो

काठमाडौं । सांसद बिरेन्द्र प्रसाद महतोले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ । आर्थिक स्थिती धरासयी बनिरहेको अवस्थामा यसलाई कसरी उकास्ने र आर्थिक गतिविधिलाई लयमा ल्याउने भन्ने अहिलेको प्रमुख प्राथमिकता भएको उहाँले बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद महत्तोले अर्थतन्त्र सुधार गर्नुभन्दापनि सरकारको प्राथमिकता सरकार बनाउने र गिराउने खेलमा लागेकाले यसलाई रोक्दै आर्थिक मन्दिका कारण दिनदिनै बढ्दै गएको आत्मदाहको घटनालाई रोक्ने तर्फ सरकारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

कोभिडपछि नेपाल मात्र होइन विश्वकै अर्थतन्त्र डरलाग्दो अवस्थामा पुगेको बताउँदै सांसद महत्तोले आमनागरिकको संविधानले प्रदान गरेको जीवन जिउने अधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो । सरकारका हरेक सेवा सुविधा सूचना प्रविधिका माध्यमबाट छिटो छरितो रुपमा हुने व्यवस्था गरिनुपर्दछ, उहाँले भन्नुभयो । वैदेशिक रोजगारीबाट देशमा भित्रिएको रेमिटयान्सलाई उत्पादनशिल क्षेत्रमा लगानी भित्रयाउन सके कृषि पर्यटक क्षेत्रमा आत्मनिर्भर बन्न सकिने उहाँको सुझाब थियो ।