२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 8:24 am
Banner

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

सूचना प्रेस २०८३ बैशाख ९ बुधबार ००:००, १८:३१ बजे १ मिनेट पढाइ

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो।

यहीँ वैशाख १७ गते शुक्रबार दिउँसो १:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बस्ने तय गरिएको उल्लेख छ।