काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । रिक्त रहेको एक पदमा आयोगले कंसाकारलाई नियुक्त गरेको हो । यता निलम्बनमा परेका ढाका कुमारलाई सर्वोच्च अदालतले कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई कारण देखाउन र अल्पकालीन अन्तरिम आदेश दिएको छ। यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौति हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।
रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठको दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई निलम्वन गरेको थियो । श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो ।
कंसाकार २०७० सालमा तेजाब आक्रमणमा परेकी थिइन्।